मेरो छ मिष्ट ममता यसमा प्रणम्य सल्यान पुत्री म भएँ र छ भाग्य धन्य

मेरो छ मिष्ट ममता यसमा प्रणम्य सल्यान पुत्री म भएँ र छ भाग्य धन्य

निहाल दैनिक समाचार / NDNEWS24X7 

रिपोर्ट देवी लाल बैरवा जयपुर भारत 

( कविता )

हुँ भावना म मनले कवि मान्छु मान्य सल्यानमा वरद जन्म भयो सुरम्य l

मेरो छ मिष्ट ममता यसमा प्रणम्य सल्यान पुत्री म भएँ र छ भाग्य धन्य ॥

मिल्छन् यहाँ फल र फूलहरू अगण्य सल्यान पार्न म सकूँ प्रिय अग्रगण्य |

पाऊँ सदैव यसबाट पवित्र पुण्य मेरो निमित्त अति वन्दित होस् शरण्य ॥

यो स्थान पुग्न नसके मन हुन्छ शून्य ठाऊँ मनोरम छ यो अनि कर्मकाम्य ।

श्रद्धेय यो प्रकृतिबाट भयो अनन्य प्रार्थी मुटु प्रणय होस् यसबाट ठम्म ॥

छन् भावना प्रबल यो स्थल हेर्नलाई छन् चाहना प्रथित उन्नत पार्नलाई ।

गर्नेछु कोसिस सदैव सिडार्नलाई यो जन्मभूमि प्रिय लाग्छ सधैँ मलाई ॥

छन् दन्तपक्तिसम्म दृश्य दिने हिमाल छन् कल्पना मनुजका सुकिला विशाल ।

छन् तीर्थधाम अति पावन धर्मपाल आऊन् यहाँ अतिथि हेर्न र बुझ्न चाल ॥

वर्षाविवेकसित यो स्थल घुम्न जाऊँ गौरीरमेशसित डुल्न गई रमाऊँ ।

आमा विशुद्ध दिलकी विमला घुमाऊँ मेरा पिता प्रिय पवित्र यहीं डुलाऊँ ।

सल्यानको सहज सज्जता समेट्छु साहित्यका सकल मित्र पुगेर भेट्छु ।

आनन्दपूर्वक बसेर थकाइ मेट्छु सल्यानको भजनमा म सदैव खट्छु ।

प्रस्तुतकर्ता

लेखक साहित्यकार

भवानी न्यौपाने (भावना)

तुलसीपुर उपमहानगर पालिका तुलसीपुर ग लाइन दाङ

जिला -दाङ , प्रदेश -5

देश - नेपाल